तपाईको सुखमा साथ दु:खमा हात !

BEERSHEBA MULTIPURPOSE CO-OPERATIVE LTD.

बेर्शेवा बहुउद्देशीय सहकारी सँस्था लि.

उपाभोक्ता सेवा

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए। प्रतिभाको सिकाइको गति डाक्टर पान्डेले सोचेको भन्दा छिटो भयो। त्यस दिन घर पुग्ने बित्तिकै प्रीतिले उसको टाउको पछाडिका दुई वटा धातुका पातोहरुसँग कम्प्युटरसँग जोडेर खाना बनाउने तरिकाको सफ्ट्वेर रोजी र ईन्स्टल गराई। भोलिपल्टदेखि प्रतिभाको मस्तिष्कमा घरका काम, किनमेल, मोटर चलाउने, भाषा पढ्न लेख्न सक्ने गराउने सफ्ट्वेयरहरु थपिए। प्रीति स्कूल गएको बेलामा प्रतिभा दिनभरि या त घाम तापेर बस्थी या कुनै नयाँ खाना बनाउन तल्लीन हुन्थी । अथवा नयाँ सफ्ट्वेर खोजेर आफ्नै मस्तिष्कमा ईन्स्टल गर्थी र यस सृष्टिको एक अर्को अदभुत पाटोको बारेमा ज्ञान लिन्थी। केही हप्तापछि नै प्रतिभा बाहिरी मानिससँग सम्पर्क गर्न सक्ने भई। ऊ छोरीलाई बेला बेलामा लाड-प्यार दिने, ओहर्याइँ गर्दा गाली गर्ने, अटेरी गर्दा रिसाउने गर्नसक्ने भई। किनमेलमा जाँदा फर्किंदा छिमेकीहरुसँग पनि भालाकुसारी गर्न थाली। छिमेकका महिलाहरु, जो उसका साथीहरु थिए, उसको पीडा बुझ्थे वा बुझे जस्तो गर्थे। उनीहरु प्रतिभालाई हेर्दै ऊबेला बिरानो शहरबाट नयाँ ठाउँमा नयाँ जीवनको सुरुवात गर्न आएकी मान्छे, अहिले दुखदायी दुर्घटनामा परेर कस्तो बिजोग पर्यो भनेर साहनुभूति दर्साउँथे। कोही उसको घर माइतीलाई खबर गरिदिनुपर्यो भनेर हल्ला गर्थे। कोही उसलाई मनपर्ने ठाउँहरुमा घुमाइदिने प्रस्ताव राख्थे। तर अन्त्यमा दुर्घटना अगाडिको स्मृति नभएकोले सबै मित्थ्या सम्झन्थे। र केही परेमा सहयोग गर्ने वचन दिई छुट्टिन्थे।अथवा नयाँ सफ्ट्वेर खोजेर आफ्नै मस्तिष्कमा ईन्स्टल गर्थी र यस सृष्टिको एक अर्को अदभुत पाटोको बारेमा ज्ञान लिन्थी। केही हप्तापछि नै प्रतिभा बाहिरी मानिससँग सम्पर्क गर्न सक्ने भई। ऊ छोरीलाई बेला बेलामा लाड-प्यार दिने, ओहर्याइँ गर्दा गाली गर्ने, अटेरी गर्दा रिसाउने गर्नसक्ने भई। किनमेलमा जाँदा फर्किंदा छिमेकीहरुसँग पनि भालाकुसारी गर्न थाली। छिमेकका महिलाहरु, जो उसका साथीहरु थिए, उसको पीडा बुझ्थे वा बुझे जस्तो गर्थे। उनीहरु प्रतिभालाई हेर्दै ऊबेला बिरानो शहरबाट नयाँ ठाउँमा नयाँ जीवनको सुरुवात गर्न आएकी मान्छे, अहिले दुखदायी दुर्घटनामा परेर कस्तो बिजोग पर्यो भनेर साहनुभूति दर्साउँथे। कोही उसको घर माइतीलाई खबर गरिदिनुपर्यो भनेर हल्ला गर्थे। कोही उसलाई मनपर्ने ठाउँहरुमा घुमाइदिने प्रस्ताव राख्थे। तर अन्त्यमा दुर्घटना अगाडिको स्मृति नभएकोले सबै मित्थ्या सम्झन्थे। र केही परेमा सहयोग गर्ने वचन दिई छुट्टिन्थे।