बेर्शेवा बहुद्देश्यीय सहकारी संस्था लि. नेपाल सरकार सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको संस्था हो | यसको कार्यालय नागार्जुन– ०४ बाफल, रिङ्गरोडमा सहकारीको आफनै घरमा अबस्थित छ | समाजमा विभिन्न वर्गलाई बचत गर्न क्षमता अभिवृद्धि गरी सामाजिक हित र उत्थान तथा प्रवर्द्धन गरी बचत गर्ने बानिको विकास गरी घर दैलोमा गई सानो, मध्यम तथा ठूला सबै खालका निक्षेप संकलन गरी उक्त निक्षेपमा उपयुक्त ब्याज प्रदान गरेर नेपाल सरकारको तीन खम्बे मिश्रित अर्थ नीति अन्तर्गत (सहकारी, सरकारी र निजी) देशको समग्र विकासमा टेवा पुर्याउने साथै सहकारीको मूल्य मान्यता अनुसार यस संस्थाको कर्यक्षेत्र भित्र कारोबार गर्ने सदस्यहरु बिच लगानी गरी उनीहरुको जीवनस्तरमा सुधार गर्ने नीति लिएको छ । सदस्यहरुलाई घरदैलोमा पुगी बचत गर्नुपर्छ, सानोतीनो कर्जा लिन उत्पादनमूलक कार्य गर्नुपर्छ, कृषि व्यवसायलाई व्यावसायिकरण गर्नुपर्छ जस्तो चेतनामुलक अभियान देशमा संचालन हुनथाल्यो ।बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि.काठमाडौं जिल्लाको उत्कृष्ट समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छौं ्। संस्थाका विभिन्न उत्साहजनक प्रगतिका सूचकहरुको अध्ययन गर्दा संस्थाको सवल पक्षलाई अझ व्यवस्थित र समस्या एवम कमीलाई हल गर्ने अवसर र चुनौतीको सदुपयोग एवम् सफल सामना गरेर अघि बढन सके यो सदस्य र समुदायको आर्थिक, सामाजिक एवम सांस्कृतिक रुपान्तरणको पर्यायको रुपमा परिभाषित हुनेमा हामी विश्वस्त छौं । यसका लागि संस्थाको दीगो भविष्यसम्मका लागि सही लक्ष्य, योजना, नीति, कुशल नेतृत्व, स्रोतसाधनको संयोजन र कर्मचारी व्यवस्थापन निरन्तररुपबाट प्रभावकारी बनाउन आवश्यक छ ।
Copyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.
Design & Developed ByWeb House Nepal