बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि. २०४८ डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा २५ जना व्यक्तिहरुबाट बिधिवत रुपमा दर्ता गरि कार्य गरिरहेको छ । यो संस्थाले काठमाण्डौं जिल्लाको पश्चिम भेगिय गा.बि.स. हरुलाई केन्द्रबिन्दु बनाई र सीतापाईला गा.बि.स. मा कार्यालय बनाई कारोबार गरिरहेको छ । सिमित पुंजीबाट सहकारीको अवधारणाबाट समाजको आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्यले संचालित यो संस्था स्थानीय जिम्मेवार व्यक्तिहरु, गा.बि.स. का निर्वाचित पदाधिकारीहरु, शिक्षक तथा समाजसेवीहरुको संलग्नता भएको र उक्त क्षेत्रमा अन्य कुनै संस्था दर्ता भै कार्यरत नभएकोले सदस्य बिस्तार गर्न र संस्थाप्रति आकर्षण बृद्धि भएको हो । सदस्यहरुलाई घरदैलोमा पुगी बचत गर्नुपर्छ, सानोतीनो कर्जा लिन उत्पादनमूलक कार्य गर्नुपर्छ, कृषि व्यवसायलाई व्यावसायिकरण गर्नुपर्छ जस्तो चेतनामुलक अभियान गाउंमा संचालन हुनथाल्यो ।बेर्शेवा बहुउद्देश्यीय सहकारी संस्था लि.काठमाडौं जिल्लाको उत्कृष्ट समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छौं । वित्तीय कारोवारको हिसावले नेपाल राष्ट्र बैंक सहित सहकारी बिभागबाट सुपरिवेक्षण भइरहेको संस्था हो । संस्थाका विभिन्न उत्साहजनक प्रगतिका सूचकहरुको अध्ययन गर्दा संस्थाको सवल पक्षलाई अझ व्यवस्थित र समस्या एवम कमीलाई हल गर्ने अवसर र चुनौतीको सदुपयोग एवम् सफल सामना गरेर अघि बढन सके यो सदस्य र समुदायको आर्थिक, सामाजिक एवम सांस्कृतिक रुपान्तरणको पर्यायको रुपमा परिभाषित हुनेमा हामी विश्वस्त छौं । यसका लागि संस्थाको दीगो भविष्यसम्मका लागि सही लक्ष्य, योजना, नीति, कुशल नेतृत्व, स्रोतसाधनको संयोजन र कर्मचारी व्यवस्थापन निरन्तररुपबाट प्रभावकारी बनाउन आवश्यक छ । सवै सदस्यको आफ्नो व्यक्तिगत संपत्तिको रुपमा यसलाई निरन्तर रुपमा आगाडी बढाउने हाम्रो प्रयास र प्रतिबध्दता हो ।
Copyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.
Design & Developed ByWeb House Nepal