विश्व सहकारी अभियानको १०० वर्ष

news-image
17 May, 2021

काठमाडौं । विश्व सहकारी अभियान १०० वर्षमा प्रवेश गरेको छ । आज १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सहकारी दिवसको नारा ‘सहकारीले सुमन्नत विश्व निर्माण गर्छ’ तय गरेको छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी प्रवर्धन र विकाससम्बन्धी समिति–कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईन्छ ।

नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस आज मनाइँदैछ । आज २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि हो ।

आज महासंघले कार्यक्रम आयोजना गरी राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गर्दैछ । महासंघद्वारा राष्ट्रिय सहकारी दिवस (चैत २० गते) का अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक बर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गर्दै आएको छ ।

 

Source: Sahakarikhabar.com

17 May, 2021

Related News & Blog

image

सदस्यको नक्कली हस्ताक्षर गरी रकम निकाल्ने कर्मचारी पक्राउ, ४६ लाख हिनामिना गरेको आरोप

विराटनगर : सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।

Read More
image

सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न

काठमाडौं : काठमाडौं महानगर पालिका, सहकारी विभाग र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको संयुक्त आयोजनामा सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

Read More

Copyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.

Design & Developed ByWeb House Nepal