विराटनगर : सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।
सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँका २४ वर्षीय विवेक खवासलाई इलाका प्रहरी कार्यालय बेलबारीले गरेको हो । उनीमाथि ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । तर, खवासले ३१ लाख रुपैयाँ हिनामिना गरेको स्वीकार गरेका छन् । छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार पारेको छ ।
खवास गोठगाउँमा रहेको सेवा केन्द्रमा कार्यरत थिए । संस्था सञ्चालक समितिले खवासलाई बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिको सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल थिए ।
बचतकर्ताको रकम आफै नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको छानबिनबाट खुलेको छ ।
source: www.sahakarikhabar.com/
काठमाडौं : काठमाडौं महानगर पालिका, सहकारी विभाग र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको संयुक्त आयोजनामा सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
Read More
काठमाडौं । विश्व सहकारी अभियान १०० वर्षमा प्रवेश गरेको छ । आज १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
Read MoreCopyright © Beersheba Saving & Credit Co-operative Society Ltd. All Rights Reserved.
Design & Developed ByWeb House Nepal